निर्देशिका पेश

PDF

निर्देशिका पेश

संघीय संसदको संयुक्त बैठकमा २०७९ साल जेठ १५ गते आइतबार अर्थ मन्त्रीले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. १५९ मा प्राविधिक विषयको स्‍नातक र अन्य विषयको स्‍नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्थानीय तहको योजना निर्माण र ग्रामीण विकासमा योगदान गर्ने गरी ९० दिनको स्वयंसेवामा लगाउन सम्बन्धित विश्‍वविद्यालयले आवश्यक व्यवस्था मिलाउनेछ भन्‍ने उल्लेख भए अनुसार उक्त कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गर्न आयोगबाट त्रिभुवन विश्‍वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशिधरराम जोशीको संयोजकत्वमा काठमाडौं विश्‍वविद्यालय, स्कुल अफ एजुकेशनका डीन, प्रा.डा. बालचन्द्र लुईटेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव (कानून) श्री पिताम्बर भण्डारी र आयोगका सहायक निर्देशक श्री  सिताराम भट्टराई सदस्य रहेको समिति गठन भएकोमा उक्त समितिले  " स्वयंसेवा कार्यक्रम (सञ्‍चालन तथा व्यवस्थापन ) निर्देशिका, २०७९" तयार गरी आयोगका अध्यक्षज्यूलाई मिति २०७९।१२।१३ गते पेश गरेको छ । 

मिति २०७९।७।२ गतेको निर्णयबाट उच्चशिक्षा क्षेत्रको प्राध्यापन पेशामा प्रवेश गर्ने जनशक्तिको राष्ट्रिय योग्यता परीक्षण सञ्चालन सम्बन्धी निर्देशिकाको तयारीका लागि आयोगको सदस्य प्रा.डा. संगिता सिंहको संयोजकत्वमा  काठमाडौं विश्‍वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुईटेलशिक्षाविज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव (कानून) श्री पिताम्बर भण्डारी र आयोगका उप निर्देशक श्री  देबेन्द्र रावल सदस्य रहेको समिति गठन भएकोमा उक्त समितिले  " राष्ट्रिय योग्यता परीक्षण सञ्चालन निर्देशिका, २०७९" तयार गरी आयोगका अध्यक्षज्यूलाई मिति २०७९।१०।१५ गते पेश गरेको छ