महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व द्वादशी - १२

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सचिवालय

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सचिवालय

  • उच्च शिक्षाको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्वन्धी विधि र प्रकृया सुनिश्चित गरी सोही अनुरूप गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्वन्धी काम गर्ने ।
  • उच्च शैक्षिक संस्थाहरू एवम् उच्च शैक्षिक कार्यक्रमहरूको गुणस्तर परीक्षण गरेर गुणस्तर सुनिश्चितता गर्नका लागि आवश्यक मापदण्ड, मानक, तथा सूचकहरू आयोगबाट स्वीकृत गराउने र स्वीकृत मापदण्ड, मानक र सूचकका आधारमा परीक्षणमा योग्य देखिएका उच्च शैक्षिक संस्था तथा कार्यक्रमलाई श्रेणीकरण गर्ने ।
  • विदेशी विश्वविद्यालयको सम्वन्धनमा मुलुकमा सञ्चालित उच्च शैक्षिक संस्थाहरू वा शैक्षिक कार्यक्रमहरूलाई प्रक्रिया पु¥याई विधिपूर्वक प्रत्यायन प्रमाणपत्र प्रदान गर्ने ।
  • समग्र उच्च शिक्षाको विकासलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीसँग आबद्ध गर्ने ।
  • गुणस्तर मूल्याङ्कन, प्रवर्धन र निरन्तर विश्वसनीयताको लागि विश्वविद्यालय, अन्य उच्च शैक्षिक संस्थाहरू तथा व्यावसायिक परिषद्हरूसँग समन्वय गरी उच्च शिक्षाको गुणस्तर विश्वसनीयता तथा प्रत्यायन सम्बन्धी राष्ट्रिय जागरुकता अभियान, तालिम र परामर्श सेवा सञ्चालन गर्ने ।
  • परिषद्द्बारा प्रत्यायन प्रदान गरिएका उच्च शैक्षिक संस्था तथा कार्यक्रमहरूको सूचि सार्वजनिक जानकारीका लागि प्रकाशन गर्ने ।
  • उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धमा विभिन्न विश्वविद्यालयहरू, प्रतिष्ठानहरू, उच्च शैक्षिक संस्थाहरू तथा शैक्षिक कार्यक्रमहरूको स्थिती बारे नेपाल सरकार र आयोगलाई आवश्यक सल्लाह सुझाव दिने र कारवाहीका लागि सम्वन्धित निकायमा सिफारिस गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूसँग सम्बन्ध विकास तथा विस्तार गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सचिवालयको कार्य योजना तयार पार्ने ।
  • QAA सम्बन्धी विभिन्न तालीमहरु आयोजना गर्ने ।
  • गुणस्तर सुनिश्चितितता तथा प्रत्यायन सम्बद्ध विशेषज्ञहरुको समूह (Expert's Roster) तयार पार्ने ।
  • QAA कार्यक्रमको प्रभावकारी संचालनका लागि वश्यक कार्य गर्ने
  • QAA प्रदान गर्नु पर्ने संस्थाहरुको सो सम्वन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी स्वीकृतिका लागि आयोगमा सिफारिस गर्ने ।

प्रत्यायन शाखा

  • राष्ट्रिय स्तरमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीको विकास तथा कार्यान्वयनका लागि आवश्यक नीति, रणनीति र कार्यनीतिहरु तयार गर्न समन्वय गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको तत्कालिन, मध्यकालिन र दीर्घकालिन कार्य योजना तयार पार्ने ।
  • आवश्यकतानुसार गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका लागि आशयपत्र प्रदान गर्नुपर्ने संस्था तथा कार्यक्रमहरुको पहिचान गरी प्राप्त आवेदनहरुको मूल्यांकन गरी आशयपत्रलाई स्वीकृति प्रदान गर्ने ।
  • समकक्षी पुनरावलोकन टोलीको गठनमा परिषद्लाई आवश्यक सहयोग गरी सम्वन्धित निकायमा भ्रमणको व्यवस्था मिलाउने, भ्रमण सहजीकरण गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रदान गर्नु पर्ने संस्थाहरुको सो सम्वन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी प्रत्यायन प्रमाणपत्र प्रदान गर्ने कार्यमा परिषद्लाई आवश्यक सहयोग गर्ने ।
  • प्रचलित कानुन अनुसार उच्च शिक्षाको शैक्षिक उपाधि प्रदान गर्न सक्ने नेपालभित्र स्थापित र संचालनमा रहेका विश्वविद्यालयहरु, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु वा अन्य उच्च शैक्षिक संस्थाहरु तथा नेपालको कानून बमोजिम विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई नेपालमा सञ्चालनमा रहेका उच्च शैक्षिक संस्था वा कार्यक्रमहरुको अभिलेख राख्ने, विवरण तयार गर्ने र सार्वजनिक जानकारीका लागि प्रकाशन गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायनसँग सम्बन्धित समान प्रकृतिका विदेशी निकाय/संस्थाहरुसँग सम्बन्ध विकास एवम् विस्तार गर्ने ।
  • स्वदेशी एवं विदेशी विश्वविद्यालयहरुका उपाधि, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमको समकक्षता निर्धारण गरी तिनीहरुवीच क्रेडिट ट्रान्सफरको व्यवस्था गर्न उचित प्रणालीको स्थापना गरी कार्यान्वयन गर्ने ।
  • परिषद्को समग्र कार्यसम्पादनको बार्षिक प्रतिवेदन तयार गर्ने ।

अनुगमन, मूल्यांकन तथा सहजिकरण शाखा

  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गरेका शैक्षिक संस्थाहरूको अनुगम तथा मूल्यांकन योजना बनाउने ।
  • अनुगमन फारामहरु निर्माण तथा आवश्यकतानुसार परिमार्जन गरी अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन कार्य अघि बढाउने ।
  • अनुगमन, निरीक्षण, सुपरीवेक्षण एवं मूल्याङ्कन सम्बद्ध सूचक निर्माण गर्ने, निर्देशिका तयार/अद्यावधिक गर्ने र सोही अनुसार मूल्यांकन कार्य गर्ने ।
  • उच्च शैक्षिक संस्थाहरूको गुणस्तर अभिवृद्धिका लागि अनुगमनबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सिफारिस गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी कार्यमा सहभागी हुने स्वदेशी तथा बिदेशी विशेषज्ञहरुको समूह तयार पार्ने, अद्यावधिक गर्ने तथा विज्ञहरूबाट भएको कामको अभिलेख तयार गर्ने ।
  • सरोकारवालाहरुका लागि आवश्यक सूचना र जानकारीहरु जारी गर्ने, वेबसाइटबाट प्रबोधिकरण गर्ने तथा अन्य संचार माध्यमहरुमा प्रकाशित/प्रसारित गर्ने ।
  • गुणस्तर सुनिश्चितितता तथा प्रत्यायन सम्बन्धी प्रभावकारी कार्यक्रम संचालनका लागि अध्ययन, अनुसन्धान, विश्लेषण र प्रवोधिकरण गरी प्रकाशन तथा प्रस्तुतिकरणको व्यवस्था गर्ने र त्यस्ता सूचनाहरु नीति निर्माता तथा कार्यान्वयनसँग सम्बद्ध पक्षलाई प्रवाह गर्ने व्यवस्था मिलाउने ।
  • गुणस्तर सुनिश्चितता तथा स्तर निर्धारण पद्धति लगायत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी विभिन्न गोष्ठि, सेमिनार, अभिमुखीकरण र तालिमहरु आयोजना गर्ने ।
  • महाशाखाको दैनिक प्रशासकीय गतिविधिहरु संचालन गर्ने ।
  • स्वअध्ययन प्रतिवेदन तयार पार्ने सम्वन्धमा उच्च शैक्षिक संस्था तथा कार्यक्रमहरुलाई आवश्यक परामर्श उपलब्ध गराउने ।
  • गुणस्तर सुनिश्चितितता तथा प्रत्यायन परिषद्, प्राविधिक समिति, अन्य समितिहरु र पोर्टफोलियोको बैठक संचालन, व्यवस्थापन तथा सहजीकरण गर्ने ।
  • गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमको प्रभावकारी संचालनका लागि आवश्यक कार्य गर्ने ।
  • उच्च शिक्षाको गुणास्तर कायम गर्ने सम्बन्धमा देखापरेका समस्या समाधानको लागि उपयुक्त विकल्पहरूको खोजी गर्ने ।

प्रशासन तथा लेखा शाखा

  • कर्मचारी प्रशासन सम्बन्धी कार्य,
  • जनशक्तिको वृत्ति विकास, क्षमता अभिवृद्धि सम्बन्धी कार्य,
  • शाखाहरुको कार्यको समन्वय, सञ्चालन तथा अनुगमन र मूल्यांकन,
  • बोर्डको बैठक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य,
  • बिभिन्न समिति, उपसमिति तथा कार्यदलको प्रतिवेदनको अभिलेख राख्ने, अध्ययन गर्ने र सो को सिफारिस कार्यान्वयन सम्बन्धी कार्य ।
  • आर्थिक कार्य प्रणालीको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य
  • अन्य शाखामा नतोकिएका भैपरी आउने कार्यहरु