महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा चतुर्थी - १९

अनुसन्धान तथा छात्रवृत्ति महाशाखा

अनुसन्धान तथा छात्रवृत्ति महाशाखा

  • आयोगबाट प्रदान गरिने अनुसन्धान तथा छात्रवृत्ति कार्यक्रम सम्बन्धी नीति र कार्यक्रम तर्जुमा, सञ्चालन र समसामयिक सुधार गर्ने ।
  • महाशाखाको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना र बजेट तयार गरी स्वीकृतका लागि पेश गर्ने ।
  • स्वीकृत योजना तथा बजेट अनुसार कार्य सम्पादन गर्ने ।
  • अनुसन्धान कार्यक्रम निर्देशिका तयार र अद्यावधिक गर्ने
  • आयोगबाट सञ्चालित अनुसन्धान कार्यक्रमको अनुगमन, सुपरीवेक्षण, अनुशिक्षण (Mentoring) तथा मूल्यांकन गर्ने
  • उच्च शिक्षामा अनुसन्धान कार्यक्रम विस्तारका लागि दातृ निकाय खोजी गर्ने र सम्बन्ध विस्तार गर्ने सम्बन्धी कार्य
  • उच्च शिक्षामा अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिका लागि अनुसन्धान आचारसंहिता, नियमन, गुणस्तर सुनिश्चितता र सर्वोत्तम प्रथा (Best Practices) को निर्माणको लागि आवश्यक कार्य गर्ने ।
  • आयोगको अनुसन्धान नीति र कार्यक्रमको प्रवद्र्धन गर्ने ।
  • उच्च शिक्षामा अनुसन्धानका विद्यमान र सम्भाव्य उत्कृष्टताका क्षेत्रको पहिचान गर्न, अनुसन्धानका राष्ट्रिय प्राथमिकता निर्धारण गर्न र राष्ट्रिय विकास र परिवर्तनसँगै अद्यावधिक गर्ने नीति र प्रणाली स्थापना गर्न आवश्यक कार्य गर्ने ।
  • अनुसन्धानसँग सम्बन्धित तालीम उच्च शिक्षा अध्ययनका विभिन्न वृत्ति कार्यक्रम संचालन सम्बन्धी कार्य
  • अनुसन्धान महाशाखासँग सम्बन्धित कार्यका लागि गठित समिति र परिषद्क सचिवालयको कार्य गर्ने
  • विश्वविद्यालयआयोगको पुस्तकालयलाई व्यवस्थित र आधुनिकीकरण गर्न नीति, नियम तर्जुमा सम्बन्धी कार्य,
  • महाशाखाबाट सञ्चालित कार्यक्रमहरु निर्धारित समयमा सम्पन्न गर्ने ।
  • महाशाखाको प्रगति विवरण तयार गर्ने ।

छात्रवृत्ति तथा विद्वतवृत्ति शाखा

  • छात्रवृत्ति, विद्वतवृत्ति तथा अन्य सम्बन्धित कार्यक्रमको नीति र योजना तर्जुमाको लागि आवश्यक कार्य गर्ने ।
  • उच्चशिक्षामा अनुसन्धान सदाचार कायम राख्न आवश्यक कार्य गर्ने तथा अनुसन्धान अनाचरणलाई सम्बोधन गर्ने आयोगको नीति र कार्यविधि पालना गराउन आवश्यक कार्य गर्ने ।
  • आयोगबाट प्रदान गरिने छात्रवृत्ति तथा विद्वतवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको अध्यनन सम्बन्धमा सम्बन्धित विश्वविद्यालय तथा क्याम्पससँग समन्वय गर्ने ।
  • आयोगबाट प्रदान गरिने छात्रवृत्ति तथा विद्वतवृत्ति सम्बन्धी प्रस्ताव तथा प्रतिवेदन मूल्यांकनका लागि विभिन्न समिति र परिषदको बैठक सञ्चालन गर्ने ।
  • छात्रवृत्ति तथा विद्वतवृत्तिका लागि आयोगमा प्राप्त प्रस्तावहरु विषयगत समितिले तोके अनुसारका विज्ञहरुबाट गोप्य रुपमा मूल्यांकन गराउने तथा नतिजा प्रकाशन सम्बन्धि कार्यहरु सञ्चालन गर्ने ।
  • छात्रवृत्ति तथा विद्वतवृत्तिका लागि स्वीकृत रकम निकाशाका लागि आवश्यक कार्य गर्ने ।
  • विद्वतवृत्ति र छात्रवृत्ति कार्यक्रम सम्बन्धि गुनासाहरुको समाधान तथा सम्बोधन गर्ने ।

अनुसन्धान अनुदान शाखा

  • अनुसन्धान सम्बन्धी कार्य योजना तथा वार्षिक बजेट तयार गर्न सहयोग गर्ने ।
  • उच्च शिक्षामा अनुसन्धान संस्कृति विकास गर्न आवश्यक कार्यक्रम तर्जुमा गर्ने ।
  • अनुसन्धान अनुदान तथा सहयोग सम्बन्धी कार्यक्रमको नीति र योजना तर्जुमाको लागि आवश्यक कार्य गर्ने ।
  • शाखाको दैनिक कार्यसंचालनको व्यवस्था गरी संचालित कार्यक्रमको प्रगति विवरण तयार गर्ने ।
  • आयोगको अनुदान र सहयोगमा सञ्चालित हुने अनुसन्धान परियोजनाको अनुगमन र मूल्यांकन गरी गुणस्तर सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने ।
  • उच्चशिक्षामा अनुसन्धान सदाचार कायम राख्न आवश्यक कार्य गर्ने तथा अनुसन्धान अनाचरणलाई सम्बोधन गर्ने आयोगको नीति र कार्यविधि पालना गराउन आवश्यक कार्य गर्ने ।
  • आयोगबाट प्रदान गरिने अनुसन्धान अनुदान कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्न आवश्यक कार्यनीति तयार गर्ने ।
  • आयोगबाट प्रदान गरिने अनुसन्धान अनुदान सम्बन्धी प्रस्ताव तथा प्रतिवेदन मूल्यांकनका लागि विभिन्न समिति र परिषदको बैठक सञ्चालन गर्ने ।
  • अनुसन्धान अनुदानका लागि प्राप्त प्रस्तावहरु विषयगत समितिले तोके अनुसारका विज्ञहरुबाट गोप्य रुपमा मूल्यांकन गराउने तथा नतिजा प्रकाशन सम्बन्धि कार्यहरु सञ्चालन गर्ने ।
  • अनुसन्धान लागि स्वीकृत रकम निकाशाका लागि आवश्यक कार्य गर्ने ।
  • अनुसन्धान अनुदान तथा सहयोग सम्बन्धी कार्यक्रम सम्बन्धि गुनासाहरुको समाधान तथा सम्बोधन गर्ने ।

प्रशिक्षण तथा नवप्रर्वतन शाखा

  • उच्च शैक्षिक संस्था, शिक्षक (फयाकल्टी), विद्यार्थी र अनुसन्धानकर्ताहरुको क्षमता विकासको लागि अनुसन्धान तालीम, अध्ययन भ्रमण, गोष्ठी-सम्मेलन, प्राज्ञिक प्रकाशन लगायत अनुसन्धान क्षमता विकासको नीति र कार्यक्रम तर्जुमा गर्ने ।
  • अनुसन्धान तालीम, गोष्ठी-सम्मेलन, अध्ययन भ्रमण, शोधप्रकाशन अनुदान लगायतका कार्यक्रमका लागि प्राप्त प्रस्ताव र आवेदनको मुल्यांकन र निर्णय तोकिएको कार्यविधि अनुसार गर्ने ।
  • उच्चशिक्षाको क्षेत्रमा अनुसन्धान कार्यक्रमको सञ्चालन, सुपरिवेक्षण, अनुगमन, अनुशिक्षण (Mentoring) र मुल्यांकन गर्ने ।
  • उच्चशिक्षामा अनुसन्धान संस्कृति विकास गर्न आवश्यक कार्यक्रम तर्जुमा गर्ने ।
  • शाखाबाट संचालित कार्यक्रमको प्रगति विवरण तयार गर्ने ।
  • आयोगको अनुसन्धान अनुदान, शोध सहयोग, विद्वतवृत्ति र छात्रवृत्ति प्राप्त गर्ने अनुसन्धानकर्ताको शोधप्रस्ताव, अनुसन्धान विधि, प्रयोग र सर्वेक्षण, तथ्यांक विश्लेषण र शोधप्रकाशनमा अनुशिक्षण दिने दिलाउने ।
  • आयोगको योगदानमा भएका अनुसन्धानको गुणस्तरीय शोधप्रकाशनमा सहयोग गर्ने र शोधप्रकाशनको व्यवस्थित तथ्यांक संग्रह (Data Base) प्रणाली विकास र सञ्चालन गर्न सहयोग गर्ने ।
  • उच्चशिक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुदान श्रोतको पहिचान, आवेदन विधि र समयतालिकाको बारेमा नियमित रूपमा सुसूचित भइ प्रणालीको विकास र कार्यान्वयन गर्ने ।
  • राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान र अनुसन्धान सहकार्य अभिवृद्धि गर्न आवश्यक योजना र कार्यक्रम तर्जुमा गर्ने ।
  • उच्च शिक्षासँग सम्बन्धित ज्वालन्त विषयहरूमा अध्ययन अनुसन्धानका लागि वश्यक कार्य गर्ने ।

विश्वविद्यालय अनुदान आयोग स्रोत केन्द्र

  • आयोगको पुस्तकालयलाई व्यवस्थित र आधुनिकीकरण गर्ने,
  • आयोगको पुस्तकालयबाट प्रवाह हुने सेवा सुव्यवस्थित गर्ने,
  • आयोगमा रहेका पुस्तकहरु र आयोगबाट अनुदान प्राप्त गरी अध्ययन अनुसन्धान सम्पन्न गरी आयोगमा पेश भएका ग्रन्थहरूको विवरण अद्यावधिक गर्ने,
  • उच्च शैक्षिक संस्थाहरूको पुस्तकालय सम्वन्धी नम्स सम्बन्धी कार्य गर्ने,
  • पुस्तक तथा पत्र-पत्रिकाहरुको संरक्षण सम्बर्धन गरी यथास्थितिमा राख्ने,
  • पुस्तकालयहरू बीच Networking सम्बन्धी कार्य ।