योजना, अनुगमन तथा मूल्यांकन महाशाखा
|
- महाशाखा अन्तर्गतका शाखाहरुको कार्यको संयोजन, समन्वय, सञ्चालन, नियन्त्रण तथा अनुगमन र मूल्यांकन गर्ने ।
- उच्च शिक्षाको अल्पकालिन, मध्यकालिन तथा दीर्घकालीन नीति, रणनीति, कार्यनीति तथा उद्देश्य तयार पार्ने कार्यमा आयोगलाई आवश्यक सहयोग गर्ने ।
- उच्च शिक्षा विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाउने ।
- अन्य महाशाखाहरु समेतको समन्वयमा आयोगको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरी प्रस्तावित योजना तथा कार्यक्रमको लागि वजेटको प्रारुप तयार गर्ने ।
- महाशाखाको वार्षिक कार्य योजना तथा बजेट तयार गरी सो अनुसार कार्य सम्पादन गर्ने ।
- सम्वन्धित उच्च शिक्षाका संस्थाहरुबाट प्राप्त योजना र कार्यक्रमलाई अन्तिम रुप दिइ राष्ट्रिय योजनामा समाहित गर्न शिक्षा मन्त्रालयमा पठाउने ।
- अनुगमन तथा मूल्यांकन सम्बन्धमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाउने ।
- महाशाखाको वार्षिक कार्य योजना तथा बजेट तयार गरी/गर्न लगाइ सो अनुसार कार्य सम्पादन गर्ने/गराउने ।
- अनुगमन फारामहरु निर्माण तथा आवश्यकतानुसार परिमार्जन गरी अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन कार्य अघि बढाउने ।
- अनुगमन, निरीक्षण, सुपरीवेक्षण एवं मूल्याङ्कन सम्बद्ध सूचक निर्माण गर्ने, निर्देशिका तयार/अद्यावधिक गर्ने, गर्न लगाउने र सोही अनुसार उच्च शिक्षाका विभिन्न कार्यक्रमको अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन कार्य गर्ने/गराउने ।
- अनुगमनबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सिफारिस तथा पेश गर्ने ।
- नियमित, कार्य सम्पादन, र सूत्रमा आधारित अनुदानका लागि सूचकहरु, सोसँग सम्बन्धित तथ्याङ्कहरु, तथ्याङ्कहरुको रुजु गर्न आवश्यक आधारहरु, तथ्याङ्क संकलनका विधिहरु आदिको पहिचान र निर्धारण गरी सोको कार्यान्वयनको खाका तयार पार्ने ।
- अनुदान गणना गर्न आवश्यक तथ्याङ्क संकलन गरी सोको रुजु र गणना गरी निर्णयका लागि पेश गर्ने ।
- उच्च शिक्षा सुधार कार्यसँग सम्बन्धित योजना तथा बजेट तय गरी कार्यक्रम सञ्चालनका लागि सूचकहरुको पहिचान, कार्यव्रmमहरुको कार्यान्वयन, आवधिक प्रगति प्रतिवदेन तयारी, अनुगमन आदि कार्यहरु गर्ने ।
- उच्च शिक्षा सुधार कार्यसँग सम्बन्धित नेपाल सरकारका मन्त्रालयहरु/वैदेशिक दातृ निकायहरुसँग आवश्यक समन्वय गर्ने ।
- आयोगबाट निर्णय गर्नुपर्ने महाशाखासँग सम्बन्धित प्रस्तावहरु तयार गर्ने ।
- आयोगको कार्यको प्रभावकारिताका लागि सूचना संकलन गर्ने, अभिलेख अद्यावधिक गर्ने र सुधारका लागि योजना तयार गर्ने कार्यमा नेतृत्व प्रदान गर्ने ।
- आवधिक प्रगति समीक्षाका लागि विवरण तयार गर्ने, प्रगति समीक्षा गर्ने, प्रतिवेदन तयार गर्ने र विवरण विभिन्न निकायमा पठाउने ।
- उच्च शिक्षा क्षेत्रमा देखापरेका शैक्षिक समस्या समाधानको लागि उपयुक्त विकल्पहरूको खोजी गर्ने ।
- कार्यक्रम सञ्चालन तहमा आई पर्ने समस्याहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी समाधानका लागि सहयोग गर्ने, गराउने ।
|
योजना, कार्यक्रम तथा बजेट शाखा
|
- आवधिक योजनाको मध्यावधिक र पूर्णकालीन समीक्षाको लागि आवश्यक विवरण तयार गर्ने,
- उच्च शिक्षाको क्षेत्रमा विश्वजगतमा भर्इरहेका नयाँ अभ्यास र व्यवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने,
- उच्च शिक्षा सँग सम्बन्धित समस्याहरुको पहिचान गरी निराकरणको लागि सुझाव पेश गर्ने,
- उच्च शिक्षाको स्थिति विवरण तयार (Status Report) गर्ने, आफ्नो क्षेत्रगत विषयसँग सम्वन्धित् Issue मा अवधारणा पत्र र नीति संक्षेप (Policy Brief) तयार गरी प्रस्तुत गर्ने ।
- आयोगको बार्षिक कार्य योजना बनाई सो अनुसार कार्यसम्पादनको व्यवस्था मिलाउने ।
- उच्च शिक्षा सम्बन्धी नीति तर्जुमामा आवश्यक सहयोग पुर्याउने ।
- स्वीकृत राष्ट्रिय नीति अनुरूप शिक्षा विकास तथा प्रबद्र्धन सम्बन्धी अल्पकालीन र दिर्घकालीन योजना तयार गर्ने ।
- स्वीकृत राष्ट्रिय नीति र योजना अनुसार कार्यक्रम तयार गरी स्वीकृतिका लागि पेश गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने ।
- कार्यान्वयन भएका कार्यक्रमहरू र बजेटको प्रगति समीक्षा गर्ने ।
- उच्च शिक्षण संस्थाहरूबाट प्राप्त योजना तथा कार्यक्रम संकलन, विश्लेषण, संशोधन गरी स्वीकृतिको लागि पेश गर्ने, कार्यक्रमको मस्यौदा तयार गर्ने र अन्तिम रूप दिने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने ।
- शिक्षा मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा उच्च शिक्षाको क्षेत्रका लागि आयोजना हुने कार्यक्रम र बजेट सम्बन्धी छलफलका लागि आवश्यक विवरण तथा तथ्यांक तयार गर्ने ।
- वित्तिय अनुशासन कायम गर्ने गराउने सम्बन्धमा कार्य गर्ने ।
- आयोगको लागि आयोजना सञ्चालन गर्न आवश्यक पर्ने वित्तीय तथा भौतिक स्रोतको विवरण तयार गर्ने र आवश्यकता अनुसार व्यवस्था गर्ने ।
- बजेट कार्यान्वयनका लागि आवश्यक प्रणाली विकास र सञ्चालन सहजीकरण गर्ने,
- रकमान्तर, स्रोतान्तर तथा भैपरी रकमको बाँडफाँड सम्बन्धि राय उपलब्ध गराउने,
- बजेट कार्यान्वयनमा रहेका द्विविधा स्पष्ट गर्ने,
- बजेट कार्यान्वयनका क्रममा देखिएका बेमेल तथा अन्य कैफियतहरू मिलान गराउने,
|
अनुगमन तथा मूल्यांकन शाखा
|
- आयोगबाट उच्च शैक्षिक संस्थाहरूमा हुने अनुगमन तथा मूल्यांकन सम्बन्धी बार्षिक कार्य योजना बनाई लागु गर्ने ।
- नतिजामा आधारित अनुगमन तथा मूल्यांकन व्यवस्थापन गर्नका लागि उच्च शैक्षिक संस्थाहरूलाई तालिम तथा प्राविधिक सहयोग गर्ने ।
- सुपरिवेक्षण तथा निरीक्षण व्यवस्थालाई आवश्यकता अनुरूप नीतिगत सुधार गर्दै विकासका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नका लागि सहयोग गर्ने ।
- उच्च शिक्षा क्षेत्रको विकास सम्बन्धमा भावी नीति निर्माणमा आवश्यक राय/सुझाव दिई पृष्ठपोषणको काम गर्ने ।
- विभिन्न विश्वविद्यालयहरु एवम् उच्च शैक्षिक संस्थाको निरीक्षण एवम् सुपरिवेक्षणमा देखापरेका कमी-कमजोरी पत्ता लगाई आयोगमा पेश गर्ने ।
- कार्यक्रम अनुगमनलाई सुधारको कसीको रूपमा विकास गर्न तथ्यगत सूचकहरू तयार गर्ने ।
- स्वीकृत योजना अनुरूप सञ्चालित कार्यक्रमहरूको आवश्यकता अनुसार स्थलगत निरीक्षण एवम् मूल्याङ्कन गरी त्यसमा गर्नुपर्ने सुधार सम्बन्धी कार्यक्रम तयार गर्ने ।
- उच्च शिक्षामा भएको विकास वजेट खर्चको प्रत्येक चौमासिकमा प्रगति समीक्षा आयोजना गर्ने र सो को प्रतिवेदन सम्बन्धित मन्त्रालय र निकायमा पठाउने ।
- आयोगको मासिक प्रगति विवरण संकलन तथा समायोजन गरी शिक्षा मन्त्रालयमा पठाउने ।
- महाशाखा अन्तर्गतका विभिन्न शाखाहरू बीच समन्वय कायम गरी अनुगमनको वार्षिक कार्य योजना तयार गर्ने ।
- अनुगमन तथा मूल्यांकन सम्बन्धमा उच्च शिक्षा क्षेत्रमा भए, गरेका अध्ययन र अनुसन्धानका निष्कर्ष एवम सुझावहरूको परीक्षण गरी व्यवस्थागत एवम् नीतिगत सुधार र विकासका लागि कार्यक्रम पेश गर्ने ।
|
अन्तर्राष्ट्रिय सम्बन्ध शाखा
|
- उच्च शिक्षाको क्षेत्रमा सञ्चालन हुने परियोजनाहरूको संरचना र सुसञ्चालनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क र समन्वय गर्ने ।
- परियोजनाहरूको उपयुक्तताको विश्लेषण गरी स्वीकृतिको लागि आयोगमा पेश गर्ने ।
- राष्ट्रिय/अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगमा संचालित हुने विभिन्न परियोजना तथा कार्यक्रमहरुको उद्देश्य प्राप्तिका लागि कार्य गर्ने ।
- दातृ निकायको सहयोगमा सञ्चालित आयोजनाहरूसँग सम्बन्धित Documentation अध्यावधिक राख्ने ।
- दातृ निकाय र आयोगबीच MoU कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
- आयोजनासँग सम्बन्धित दातृ संस्थाबाट आउने Mission हरूसंग समन्वय गर्ने ।
- आयोजनाहरूसँग सम्बन्धित Advisor/Consultants हरुका कार्यमा सहयोग पुर्याउने सम्बन्धी कार्य गर्ने ।
- वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरूसँग सम्बन्धित विभिन्नस्तरमा हुने बैठकहरू सम्बन्धमा समन्वय तथा तयारी गर्ने ।
- आयोग र वैदेशिक सहयोगमा संचालित आयोजनामा सहभागी उच्च शैक्षिक संस्थावीच समन्वय गर्ने ।
- आयोजनाका कार्यक्रमहरु पूर्व निर्धारित Implementation Plan अनुरुप भए नभएको जानकारी मासिकरुपमा तयार पार्ने ।
- सार्क क्षेत्रको University Grants Commission/Equivalent Bodies, South Asian University सँग सम्बन्धीत कार्यहरू गर्ने ।
- वैदेशिक विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने कलेज/क्याम्पस सम्बन्धी नीति निर्माण र सो सम्बन्धी निवेदनको शुरू कारवाही चलाउने ।
- स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूबीच समन्वय कायम गर्न आयोगको समन्वय महाशाखा सँग समन्वय गरी आवश्यक कार्य गर्ने ।
- आयोगको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न विभिन्न कार्य गर्ने ।
|