विश्वविद्यालय समन्वय महाशाखा
|
- विश्वविद्यालयहरू बीच शैक्षिक गुणस्तर, पाठ्यक्रम उपाधि लगायतका विषयमा समन्वय गर्ने ।
- सार्वजनिक तथा सामुदायिक उच्च शैक्षिक संस्थाहरूको समायोजन सम्बन्धी कार्यविधि बनार्इ कार्यान्वयन गर्ने ।
- नेपालमा स्थापित विश्वविद्यालयहरू तथा विदेशी विश्वविद्यालयका बीच समन्वय तथा सहकार्य गर्नका लागि मापदण्ड निर्धारण गर्ने ।
- नेपालमा स्थापित विश्वविद्यालयहरू तथा विदेशी विश्वविद्यालयका बीच हुने दुर्इ पक्षिय समझदारी तथा सम्झौताको जानकारी लिने तथा अभिलेख राख्ने ।
- विश्वविद्यालयहरूले दिने सम्बन्धन सम्बन्धमा तोकिए बमोजिम आवश्यक कार्य गर्ने ।
- समकक्षता निर्धारण सम्बन्धी निर्देशिका तयार गरी सो अनुसार कार्य गर्ने ।
- विश्वविद्यालयबाट प्रदान गरिने उपाधि, शिक्षकहरूको मूल्यांकन, भौतिक पूर्वाधार मूल्यांकन, पाठ्यक्रम तथा विद्यार्थीको मूल्यांकन सम्बन्धी सूचकहरू तयार गर्ने ।
- आयोगबाट उच्च शैक्षिक संस्थाहरूलार्इ दिइने अनुदान निर्धारणको लागि मापदण्ड तयार गरी आयोगमा सिफारिस गर्ने र स्वीकृत मापदण्ड अनुसार अनुदान निर्धारण गर्ने ।
- शासकीय सुधार तथा सुशासन सम्बन्धी कार्ययोजना बमोजिम काम गर्ने र यसको प्रगति प्रतिवेदन नियमित रूपमा सम्बन्धित निकायमा पठाउने ।
- आयोगबाट निर्णय गर्नुपर्ने महाशाखासँग सम्बन्धित प्रस्तावहरु प्रशासन महाशाखासँग समन्वय गरी तयार गर्ने ।
- उच्च शिक्षा क्षेत्रमा देखापरेका शैक्षिक समस्या समाधानको लागि उपयुक्त विकल्पहरूको खोजी गर्ने ।
- कार्यक्रम सञ्चालन तहमा आई पर्ने समस्याहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी समाधान गर्ने ।
|
समन्वय, नियमन तथा सुशासन शाखा
|
- दुर्इ वा दुर्इ भन्दा बढी विश्वविद्यालय बीच देखा परेका विवाद तथा असमझदारी निराकरणका लागि समन्वय तथा सहजीकरणको कार्य गर्ने ।
- विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूको समायोजन सम्बन्धी कार्य गर्ने ।
- विश्वविद्यालय समन्वय समितिको बैठक सञ्चालनका लागि आवश्यक व्यवस्थापकिय कार्य गर्ने ।
- नेपालका विश्वविद्यालय तथा विदेशी विश्वविद्यालयहरू बीच हुने MoU, Collaboration, Exchange Program लगायत विषयमा जानकारी लिने र अभिलेखिकरण राख्ने ।
- नेपालका विश्वविद्यालय तथा विदेशी विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति, विद्वतवृत्ति, अनुसन्धान कार्यक्रम, अन्तर्राष्ट्रिय सभा सम्मेलन, तालिमका विषयमा जानकारी राखी विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूलार्इ परिपत्र लगायत अन्य माध्यमबाट जानकारी गराउने ।
- विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूको सम्बन्धमा प्राप्त उजुरी तथा गुनासाहरूका बारेमा प्रशासन महाशाखासँग समन्वय गरी कार्य गर्ने ।
- शिक्षकहरूको मूल्यांकन, उत्तिर्ण विद्यार्थीको मूल्यांकन सम्बन्धि कार्य ।
- प्रचलित कानुन बमोजिम विश्वविद्यालय एवं उच्च शिक्षण संस्थाहरूको नियमन गर्ने ।
- अनियमतिता वा भ्रष्टाचारका उजुरीका सम्बन्धमा आयोगको निर्णयानुसार छानबीन गर्ने ।
- सुशासनका लागि पारदर्शिता, जवादफदेहिता, अनुशासन, सदाचारिता कायम राख्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
- शासकीय सुधार तथा सुशासन सम्वन्धी कार्ययोजना बमोजिम काम गरी यसको नियमित प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- आयोगको सेवामा प्रभावकारिता ल्याई सेवाग्राहीको सन्तुष्टीको स्तर उकास्न आवश्यक कार्य गर्ने ।
- भ्रष्टाचार निवारण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्ने ।
|
योग्यता परिक्षण तथा समकक्षता शाखा
|
- पाठ्यक्रम निर्माण, मूल्यांकन र परिमार्जन सम्बन्धी कार्य ।
- प्रश्नपत्र तयार, मोडरेशन सम्बन्धी कार्य ।
- योग्यता परिक्षण सम्बन्धि कार्यको लागि विज्ञ सूची तयार गर्ने ।
- लिखित परीक्षा सञ्चालन, उत्तरपुस्तिका परिक्षण र नतिजा प्रकाशन सम्बन्धी कार्यको व्यवस्थापन ।
- योग्यता परिक्षण सञ्चालनको क्रममा आइपर्ने समस्या समाधान गर्ने ।
- पुनर्योगको लागि पर्न आएका निवेदन उपर नियमानुसार कार्य गर्ने ।
- योग्यता परिक्षा सम्बन्धी सूचना प्रकाशन गर्न आयोगको सम्बन्धीत महाशाखासँग समन्वय गर्ने ।
- आवेदन रूजु गरी स्वीकृत नामावली तयार गर्ने ।
- विश्वविद्यालयबाट प्रदान गरिने उपाधि र पाठ्यक्रम मूल्यांकन सम्बन्धी कार्य ।
- समकक्षता निर्धारणका लागि दर्ता भएका निवेदनको सम्बन्धमा निवेदकले अध्ययन गरेको शैक्षिक संस्था सम्बन्धित मुलुकबाट मान्यता प्राप्त संस्था हो वा होइन यकिन गर्ने ।
- निवेदकले पेस गरेका प्रमाणपत्रका मुख्य विषयहरूको पाठ्यक्रमको स्तर नेपालमा सोही तहको सम्बन्धित विषयको पाठ्यक्रमको स्तरसँग मिलेनमिलेको यकिन गर्ने ।
|
अनुदान निर्धारण शाखा
|
- आयोगद्वारा उच्च शिक्षण संस्थाहरुलाई दिइने अनुदान निर्धारण सम्बन्धी मापदण्ड तयार गरी आयोग समक्ष सिफारिस गर्ने ।
- विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूलार्इ प्रदान गरिने अनुदानका लागि आयोगमा प्राप्त प्रस्ताव एवम् अन्य कागजातहरू रूजु गर्ने ।
- आयोगबाट विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूलार्इ प्रदान गर्ने सञ्चालन तथा पूँजीगत अनुदान लगायत अन्य अनुदान आयोगद्वारा स्वीकृत मापदण्ड अनुसार अनुदान निर्धारण गर्ने ।
- उच्च शिक्षासँग सम्बन्धीत तथ्यांकको विश्लेषण गर्ने र उच्चशिक्षण संस्थाहरुको नक्साङ्कन गरी GIS तयार गर्ने ।
- अनुदान निर्धारण पश्चात सूचनाको प्रभावकारीता र जवाफदेहिताको लागि सूचना website मा अध्यवधिक गर्न आयोगको सूचना तथा प्रविधि शाखामा सूचना/विवरण उपलब्ध गराउने ।
- आयोगबाट अनुदान प्राप्त गर्न योग्य संस्थाहरूको सूची तयार गरी सम्बन्धीतको जानकारीका लागि सार्वजनिक गर्ने ।
- अनुदानका लागि आवेदन पेश गर्ने र अनुदान निर्धारण गर्नका लागि आवश्यक पर्ने विधि र प्रविधिको विकास गर्ने ।
- अनुदान निकाशा र फरफारक सम्बन्धी कार्य ।
- अनुदान माग सम्बन्धी नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्राप्त पत्रहरूका सम्बन्धमा अध्ययन गरी आवश्यक कारवाही गर्ने ।
|